मोटरसाइकल कुदाएका १६ वर्षे किशोरको साथमा २२ लाख रुपैयाँ

मोटरसाइकल कुदाएका १६ वर्षे किशोरको साथमा २२ लाख रुपैयाँ
सुन्नुहोस्

मोरङमा प्रहरीले एक किशोरको साथबाट अवैध २२ लाख रुपैयाँ बरामद गरेको छ । विराटनगरको मुख्य बजार क्षेत्रमा रहेको शनि मन्दिर चोकबाट ती किशोरको साथमा २१ लाख ८७ हजार रुपैयाँ फेला परेको बताइएको छ ।

प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको मोटरसाइकल हाँक्दै गरेका किशोरलाई रोकेर प्रहरीले उनको झोलाबाट एक हजार र पाँच सय दरका नोटको उक्त रकम फेला पारेको हो । नगदसँगै उनको झोलाबाट कुमारी बैंक, एनआइसी एसिया बैंक र ग्लोबल आइएमई बैंकका चेक र भौचर पनि फेला परेको छ ।

प्रहरीले हुण्डी कारोबारीले किशोरलाई प्रयोग गरेको आशंकामा आवश्यक अनुसन्धान थालेको बताएको छ ।

टिप्पणीहरू