जताजतै जुवाको खाल, आठ जुवाडे भान्छा कोठामा समातिए

जताजतै जुवाको खाल, आठ जुवाडे भान्छा कोठामा समातिए

कञ्चनपुरमा आठ जना जुवाडे समातिएका छन् । शुक्लाफाटा नगरपालिका-१ बंसाहा बस्ने फलेन्द्र रानाको भान्छा कोठामा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका २९ वर्षीय तेजबहादुर रानासहित आठ जना पक्राउ परेका हुन् । 

ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएराति ४० हजार ९ सय २७ रुपैयाँ नगद र तीन तासबुकसहित नियन्त्रणमा लिएको बताइएको छ । 

यस्तै, बाँकेमा पनि दश जना जुवाडेलाई प्रहरीले खालबाटै पक्रेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने ३२ वर्षीय रमेश साहुको घरमा जुवा खेलिरहेको अवस्थामा दाङका २८ वर्षीय राजकुमार वलीसहित दश जना समातिएका हुन् । 

वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएराति नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट ८९ हजार ६ सय ३६ रुपैयाँ र तीन बुक तास बरामद गरेको बताइएको छ । 

प्रहरीका अनुसार दुबै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
 

टिप्पणीहरू