चीनबाट प्रधानसेनापति आइपुग्नुभयो, प्रधानन्यायाधीश आइपुग्दै

चीनबाट प्रधानसेनापति आइपुग्नुभयो, प्रधानन्यायाधीश आइपुग्दै

प्रधानसेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमण सम्पन्न गरेर स्वदेश फर्कनुभएको छ । बेइजिङमा आयोजित बेइजिङ जिङसान फोरम समारोहमा सहभागी हुन कात्तिक १० गते त्यता जानुभएको थियो ।

सो क्रममा उहाँले चिनियाँ जनसेनाका समकक्षी लिउ झेनलसँग भेटवार्ता गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

प्रधानसेनापतिले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्नुभएको बताइएको छ । उहाँसँगै जानुभएका उपरथी प्रेमध्वज अधिकारी पनि हिजै फर्केका छन् । 

चीन भ्रमणमा जानुभएका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आज स्वदेश फर्कने कार्यक्रम छ ।
 

टिप्पणीहरू