नेपालको बसाई, अमेरिकामा रोजगारीको आश्वासन

नेपालको बसाई, अमेरिकामा रोजगारीको आश्वासन

वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने नाममा ठग्दै आएका दुई जनालाई प्रहरीले पक्रेको छ । आकर्षक तलब र सुख सयलको प्रलोभनमा सर्वसाधारण ठग्दै आएका विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्रेको बताइएको छ ।

काठमाडौं महानगरपालिका–१४ बस्दै आएका उनीहरुले वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने प्रलोभनमा ठगेको तथ्य खुल्न आएको छ । अमेरिका जान प्रतिव्यक्ति ४० लाख रुपैयाँ लाग्ने र मासिक तीन लाख तलब हुने आश्वासनमा पीडितबाट पटकपटक गरेर १५ लाख उठाएपछि उनीहरु सम्पर्कविहीन भएका थिए । 

खोजतलासपछि प्रहरीले उनीहरुलाई आज बानेश्वरमा फेला पारेको हो । दुवैलाई थप अनुसन्धान र कारबाहीको निम्ति वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

टिप्पणीहरू