भारतीय कलाकारले विमान चढ्नुअघि दुई पेग ब्ल्याकलेबल घुट्काएको खुलासा

भारतीय कलाकारले विमान चढ्नुअघि दुई पेग ब्ल्याकलेबल घुट्काएको खुलासा
सुन्नुहोस्

सिरहाका एक युवक सेलिब्रेटीसँग फोटो खिचेर आफैं सेलिब्रेटी बनेका छन् । काठमाडौंको पाँच तारे होटलमा कार्यरत २५ वर्षीय प्रशान्त चौधरी आफ्नो गाउँमा सेलिब्रेटी बनेका हुन् । 

लहान नगरपालिका वडा नम्बर ११, पडरियास्थित थारु टोलका उनले देशविदेशका सेलिब्रेटीहरुसँग खिचेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेपछि आफैं चर्चित बनेका छन् ।

उनले नेपाल र भारतका प्रख्यात कलाकार, गायक, टिकटक स्टार, चर्चित पाइलटसँग खिचेका तस्बिर फेसबुक र टिकटकमा पोष्ट गरेका छन् । नेपालका महानायक राजेश हमाल, नायिका प्रियंका कार्की, गायक राजु लामा, डान्सर सुशान्त खत्री, भारतीय चलचित्र उद्योगकी चर्चित नायिका मनिषा कोइराला, साउथ चलचित्रका जल्दाबल्दा खलनायक जगपति बाबुसँग खिचेको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

त्यस्तै, उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, पाइलट तथा कलाकार विजय लामा, टिकटक स्टार आयुश, एलिजेसँग पनि तस्बिर राखेको देखिन्छ । तिहार र छठ मनाउन घर पुगेका प्रशान्तसँग भेट्न उनको घरमा नै भीड लागेको थियो । सँधै टेलिभिजन र सिनेमाघरमा हेरेका कलाकार र सेलिब्रेटीका बारेमा बुझ्न आएकाहरुले उनीसँग फोटो खिच्न थाले । 

प्रशान्त भन्छन्, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोलिएको होटल र्याडिसनको भिआईपी लाउञ्जमा अन्तर्राष्ट्रिय उडानमा रहेका सेलिब्रेटीहरु खाजा खान्छन् । केही समय गफिन्छन् । म त्यहाँको वेटर हुँ । त्यसैले चिनजान भयो । गफ गर्छु र सँगै बसेर फोटो पनि खिचाउँछु ।’ उनले साउथका चर्चित अभिनेता जगपतिबाट धेरै प्रभावित भएको सुनाए । 

‘जगपति बाबु सरासर आए । ९० एमएल डबल ब्ल्याकलेबल मागे । नेट ब्ल्याकलेबल ताने । दुई पटक ९० एमएल डबल ब्ल्याकलेबल थपे । उनी त्यसदिन भारत फर्किंदै थिए । नेपाल भ्रमणमा आएका उनले पुनः आउने बताएका छन्’, उनले भने । प्रशान्तले होटल म्यानेजमेण्टमा स्नातक पूरा गरेका छन् । चर्चित सेफ वा प्रतिष्ठित होटलको म्यानेजर हुने उनको लक्ष्य छ ।

टिप्पणीहरू