प्रचण्डका आगे तैँ चुप मै चुप

प्रचण्डका आगे तैँ चुप मै चुप

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र जे–जस्तो निर्णय लिन्छन् त्यसविरुद्ध चुइँक्क गर्ने हिम्मत कसैको नभएको चर्चा चले पनि कुनै कुनै सन्दर्भमा भित्री कुरा थोरै फरक रहेको बताइन्छ । प्रचण्डले आफ्नै भाइलाई राष्ट्रिय सभाको अध्यक्ष बनाएपछि यस्तो चर्चा चलिरहेको हो ।

जानकारहरूका अनुसार नारायण दाहाल पनि प्रचण्डसँगै होल टाइमर भएर खटेका व्यक्ति हुन् । २०३२–३६ सालदेखि पूर्णकालीन कार्यकर्ताको रुपमा भूमिका निभाउँदै आएका छन् । २०५७ सालमा केन्द्रीय सदस्य थिए । ०६४ सालमा चितवन ३ बाट चुनाव जितेका उनी सिनियर भए पनि पछाडि पर्दै आए । उनीभन्दा जुनियर चार चार पटक मन्त्री भइसकेका छन् । जीवनसंगिनी अर्बुद रोगले ग्रस्त भए पनि पार्टी काममा खटिने गरेका छन् । 

सिनियर भए पनि दाहाल थर भएकै कारण माओवादी कार्यकर्ताबाटै प्रचण्डको भाइ ठानेर उडाउने काम भएको दाबी गरिएको छ । दाहाल प्रधानमन्त्रीको १३ दिने अर्थात् नुन बार्नु नपर्ने तर दाहाल थरका उमेरका दाजुभाइ मात्रै भएको बताइन्छ । प्रचण्डका खास भाइ गंगा दाहाल भने बेलायत बस्छन् । उनी पक्लिहवा क्याम्पसको स्ववियु सभापतिसमेत भएका थिए ।

नारायण दाहालको चर्चासँगै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको पनि ‘पोर्टफोलियो’सम्बन्धी चर्चा चुलिएको छ । उनले जुनियरलाई अवसर नदिएको, सबैको अवसर खोसेको र आफ्नो हैसियतलाई मन्त्री पदसँग साटेको चर्चा कार्यकर्ता पंक्तिमा चलेको छ । श्रेष्ठ गएपछि अरु पनि रघुवीर महासेठभन्दा तल्लो हैसियतको मन्त्री बन्न किन नजाने । तर, श्रेष्ठले भने आपूmलाई अपमान गरी परराष्ट्र मन्त्रालयमा थन्क्याएको भन्दै हिँडेका छन् । 

वास्तवमा माओवादीले उनकै लागि भनेर एमालेसँग परराष्ट्र मन्त्रालय लिई खानेपानी तथा सरसफाइ मन्त्रालय साटेको थियो । जनयुद्ध नलडिकनै माओवादीबाट लगातार मन्त्री हुनेमा श्रेष्ठ देखिन्छन् । एमालेले गठबन्धनका तर्फबाट राष्ट्रिय सभाको उपाध्यक्षमा भने एक महिलालाई उठाउने तयारी गरे पनि नामको अन्तिम टुंगो भने लगाएको छैन ।

टिप्पणीहरू