रुद्रकली र खगेन्द्रप्रसाद चितवनमै, कतार गएको भिडियो 'फेक'

रुद्रकली र खगेन्द्रप्रसाद चितवनमै, कतार गएको भिडियो 'फेक'
सुन्नुहोस्

विछोडको आशय झल्काउने विभिन्न गीतहरुमा बनाइएको दुई हात्तीको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । 

भिडियोमा फलामको टुलमा टेक्दै एउटा हात्ती ट्रकमा चढेको देखिन्छ । अर्को हात्ती पनि त्यसैगरी चढ्छ । भिडियोको ब्याकग्राउण्डमा ' छोडेर गएनी,ज्यान टाढा भएनी, हो....झल्को उसैको' मार्मिक गीत बजिरहेको छ । 

यी दुई हात्तीलाई कतार पठाउन लागिएको भन्दै धेरैले 'शुभयात्रा'लेखेर सञ्जालमा उक्त भिडियो शेयर गरिरहेका छन् । सञ्जाल प्रयोगकर्ताले हात्ती कतार पुगिसके भनेर बुझेका छन् । तर, यो साँचो भने होइन । 

मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाले उक्त जानकारी दिँदै सामाजिक सञ्जालमा भाइरल भिडियो पुरानो भएको बताए।

नेपालले कतारका राजा शेख तमिम बिन हमाद अल थानीको भ्रमणका क्रममा उपहारस्वरुप दुई हात्ती (रुद्रकली र खगेन्द्रप्रसाद) दिन लागेको सत्य हो । तर, हात्तीहरु कतार पुगिसकेका भने छैनन् । उनीहरु अहिले चितवनको सौराहमै छन् । 

केही प्राविधिक तथा कूटनीतिक प्रक्रिया पूरा गर्न बाँकी रहेका कारण शेख थानीसँगै हात्ती नपठाइएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाले उक्त जानकारी दिँदै सामाजिक सञ्जालमा भाइरल भिडियो पुरानो भएको बताए । 

नेपालले आफ्नो तर्फबाट हात्ती पठाउने सबै तयारी पूरा गरे पनि अन्तराष्ट्रिय सन्धिसम्बन्धी केही प्रक्रिया बाँकी रहेकाले अझै महिना दिन लाग्नसक्ने प्रवक्ता ढुंगानाको भनाई छ ।

टिप्पणीहरू