गृहमन्त्रीको राजीनामा माग्दै पूर्वन्यायाधीशकी श्रीमती सडकमा

गृहमन्त्रीको राजीनामा माग्दै पूर्वन्यायाधीशकी श्रीमती सडकमा फाइल फाेटाे
सुन्नुहोस्

पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावल आज पनि धर्नामा बसेकी छिन् । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै वैशाख ९ गतेदेखि माइतीघर मण्डलामा धर्ना बसेकी उनले आज पनि निरन्तरता दिएकी हुन् । 

सर्वोच्च अदालतले गिरीलाई थुनामा पठाउने आदेश गरेर आफूलाई न्याय गरको तर राहत नपाउँदा जीविकोपार्जनमा समस्या भएको उनको गुनासो छ । रावलले पीडित राहत कोषबाट स्वास्थ्य उपचार तथा जीविकोपार्जनका लागि राहतको व्यवस्थापन गरिदिन माग गरेकी छिन् ।

 

‘स्वास्थ्य तथा जीविकोपार्जनका लागि राहतको व्यवस्था गर’,‘गृहमन्त्री रवि लामिछाने राजीनामा दे’,‘सहकारी बचत रकम खोई ?’,‘जिबी राई खोई ?’,‘चोखो भए उच्चस्तरीय छानबिन समिति तुरुन्त गठन गर’,‘निर्मला पन्त बलात्कारी खोई ?’,‘शालिग्राम पुडासैनी हत्यारा खोई ?’,‘भ्रष्टाचारी नेताहरुका फाइल कति वटा खोलियो ?’,‘राज्यद्धारा समस्त क्षेत्रका पीडितलाई न्याय खोई ?’,‘जनता ठग्ने, काण्डैकाण्डले देश चिनाउने गृहमन्त्री राजीनामा दे’, लेखिएका ब्यानर सडकमा ओछ्याएर रावलले धर्ना दिइरहेकी छिन् ।

टिप्पणीहरू