खाद्यसम्बन्धी विधेयकमा लाग्यो लालमोहर

खाद्यसम्बन्धी विधेयकमा लाग्यो लालमोहर
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले ‘खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ ।

संघीय संसदको दुवै सदनबाट पारित भएर 'लालमोहर'का लागि शीतल निवास पुगेको विधेयक आज राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको जानकारी दिएकी हुन् । 

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू