शंकपार्कमा भेटिएको बेवारिसे शवको पहिचान खुलेन

शंकपार्कमा भेटिएको बेवारिसे शवको पहिचान खुलेन

काठमाडौंको शंकपार्कमा आज बिहान भेटिएको शवको अझै पहिचान खुलेको छैन । 

आज बिहानै अन्दाजी ३५ वर्षका एक पुरुषको शव फेला परेको थियो । उक्त शवको अहिलेसम्म पहिचान हुन नसकेको प्रहरी वृत्त महाराजगञ्जका नायब उपरीक्षक (डीएसपी) अमर थापाले बताए । 

ती पुरुष सडकमै बस्दै आएका बेवारिसे मानिस हुन् भन्नेसम्मको जानकारी पाएको जनाउँदै उनले भने, ‘अहिलेसम्म पहिचान खुलेको छैन । तर, उनी सडकमै बस्दै आएको वेबारिसे मानिस रहेको खुलेको छ ।'

शव पोष्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू