शिक्षक दरबन्दीको विवरण पठाउन निर्देशन

शिक्षक दरबन्दीको विवरण पठाउन निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त शिक्षक दरबन्दीको विवरण पठाउन निर्देशन दिएको छ । देशभरका शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गर्दै केन्द्रले असार २३ गतेभित्र रिक्त दरबन्दीको तथ्यांक पठाउन भनेको हो । 

पत्रमा २०८१ वैशाख १ गतेदेखि चैत मसान्तसम्म रिक्त भएका वा हुने शिक्षक दरबन्दीको विवरण तोकिएको ढाँचामा उपलब्ध गराउन निर्देशन दिइएको छ । विवरण प्राप्त भएपछि शिक्षक सेवा आयोगले खुला तथा बढुवाद्धारा पदपूर्ति प्रक्रिया शुरु गर्ने जनाइएको छ । 

‘शिक्षक पदको विज्ञापनका लागि रिक्त दरबन्दी विवरण पठाउनुपर्ने भएकोले २०८१ वैशाख १ गतेदेखि २०८१ चैत मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दीको विवरण अनिवार्य रुपमा तोकिएको ढाँचामा तयार गरी २०८१-०३-२३ गतेभित्र पठाउनुहुन निर्देशनानुसार अनुरोध छ’, परिपत्रमा उल्लेख छ ।

टिप्पणीहरू