वीरगञ्जका विद्यालय भोलिदेखि बन्द

वीरगञ्जका विद्यालय भोलिदेखि बन्द

अत्यधिक गर्मीपछि वीरगञ्ज महानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगर अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय भोलिदेखि आगामी आइतबारसम्म बन्द गर्ने निर्णय गरिएको छ । 

यसअघि महानगरले बिहानी कक्षा सञ्चालन गर्दै आएको थियो । तर, केही दिन गर्मी झन बढ्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर गर्दै विद्यालय बन्दको निर्णय गरिएको महानगरले जनाएको छ । 

महानगरले बालबालिकाको स्वास्थ्यलाई ख्यालमा राखेर नियमानुसार विद्यालय बिदाबाट कट्टा हुनेगरी आइतबारसम्म विद्यालयमा बिदा दिइएको बताएको छ । 

जारी सूचनामा ‘हाल तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न गर्मी बढ्न सक्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर गरी बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै नियमानुसार विद्यालयको हुने बिदाबाट कट्टा हुने गरी मिति २०८१ जेठ ३१, ३२ र असार २ गते आइतबारसम्म गर्मी बिदा गरिएको जानकारी गराइने’ उल्लेख छ ।

टिप्पणीहरू