चर्को आलोचनापछि डिआइजीले हटाए ‘मदिरा पार्टी’ को भिडियो

चर्को आलोचनापछि डिआइजीले हटाए ‘मदिरा पार्टी’ को भिडियो

सशस्त्र प्रहरी बलका एक जना हाकिमको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सुर्खेतबाट कर्णाली प्रदेश हेर्ने डिआइजी दुर्गाप्रसाद भट्टराईको ‘मदिरा पार्टी’ भिडियोले व्यापक चर्चा पाएको थियो । 

भट्टराईले मदिरा अगाडि राखेर मादल ठोक्दै मस्तसँग नचाएको भिडियोले संगठनभित्र र बाहिर तहल्का मच्चाएको बताइन्छ । उनी आफैले केही दिनअघि फेसबुकमा ‘मदिरा पार्टी’ को भिडियो सार्वजनिक गरेका थिए ।

उक्त भिडियो दृश्य कार्यालय परिसरको नभई सरकारी निवासतिरै खिचिएको देखिन्छ । भिडियोमा उनीसहित केही व्यक्ति ग्लास अगाडि राखेर नाचेका छन् भने कोही ताली पिटिरहेका छन् । धेरै विरोध भएपछि उनले भिडियो फेसबुकबाट ‘डिलिट’ गरेका छन् । 

‘त्यो देखाउने विषय त थिएन । मादक पदार्थ पिएकै भएपनि सामाजिक सञ्जालमा आफैंले भिडियो अपलोड नगरेको भए हुन्थ्यो । विवाद भएर होला,त्यो भिडियोचाँहि हटाउनुभएछ,’ सशस्त्रकै एक जना अधिकृतले भने ।

टिप्पणीहरू