डलरमा हिसाब मिलाएर विनोद चौधरी मध्यरात काठमाडौंमा

डलरमा हिसाब मिलाएर विनोद चौधरी मध्यरात काठमाडौंमा

नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी नेपालको कमाइ रियल इस्टेट र होटललगायत कारोबारमा लगाईएको मुलुक संयुक्त अरब इमिरेट्सको दुबईबाट फर्केका छन् । 

उनी फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७३ मा मध्यरात आइपुगेका हुन् ।

उनी आइतबार साँझ नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिएलगत्तै सोमबार दुबईतिर हान्निएका थिए । तीन दिन उता बसेर राति यता फर्केका हुन् ।

उनी विदेशमा विभिन्न व्यवसायको हिसाबकिताब मिलाउन प्रायः कोलम्बो,सिंगापुर, दुबई र नयाँ दिल्ली जाउआउ गरिरहन्छन् । तीन छोरामध्ये जेठा निर्वाण काठमाडौं र अर्का दुई भाइमध्ये एउटालाई नयाँ दिल्ली,अर्कोलाई दुबईमा खटाएका छन् ।
 

टिप्पणीहरू