बालबालिकालाई श्रममा नलगाउन गाउँपालिकाको चेतावनी

बालबालिकालाई श्रममा नलगाउन गाउँपालिकाको चेतावनी

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले बालबालिकालाई श्रममा लगाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । गाउँपालिकाले १४ वर्ष उमेर नपुगेका बालबालिकालाई श्रममा नलगाउन कडाईका साथ मनाही गरेको छ ।

बालश्रम (निषेध र नियमित) गर्ने ऐन, २०५६ र बालश्रम (निषेध र नियमित) गर्ने नियमावली, २०६२ बमोजिम १४ वर्ष उमेर नपुगेका बालबालिकालाई श्रमिकको रुपमा काममा लगाउन नहुने पालिकाले स्पष्ट पारेको छ । 

पालिकाले १४ वर्ष पुगेका बालबालिकालाई ऐन र नियमावलीमा उल्लेख भएका प्रावधानहरु पूरा गरेर मात्र काममा लगाउनुपर्ने पनि बताएको छ । पालिकाभित्र कुनै पनि बालबालिकालाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाएको पाइएमा कानूनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने पालिकाको चेतावनी छ ।

‘कुनै पनि बालबालिकालाई बालश्रम (निषेध र नियमित) गर्ने ऐन, २०५६ को अनुसूचीमा उल्लेखित जोखिमपूर्ण व्यवसाय वा काममा लगाइएको पाइएमा कानूनबमोजिम कारबाहीको प्रक्रिया अघि बढ्ने जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

टिप्पणीहरू