नयाँ दिल्लीबाट फर्केपछि भारतीय राजदूत सिंहदरबारमा

नयाँ दिल्लीबाट फर्केपछि भारतीय राजदूत सिंहदरबारमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटवार्ता गर्नुभएको छ । उहाँहरुबचि बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भएको बताइएको छ ।

भेटमा भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तव पनि रहेको बताइएको छ ।

राजदूत श्रीवास्तव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन जेठ २५ गते नयाँ दिल्ली गएर फर्केपछि सिंहदरबार जानुभएको हो ।

टिप्पणीहरू