वर्षैभरि चलिरहन्छ जुत्ता मेला ?

वर्षैभरि चलिरहन्छ जुत्ता मेला ?

मेला अर्थात खास मौकामा लाग्ने उत्सव । व्यापारिक,धार्मिक, सांस्कृतिक,साहित्यिक,पर्यटकीय, औद्योगिक,शैक्षिक,कृषि आदि प्रवर्द्धनका लागि मेला आयोजना गरिन्छ । जुनै पनि मेला निश्चित समयका लागि आयोजना गरिएको हुन्छ । 

राजधानीको भृकुटीमण्डपमा भने एक वर्षदेखि जुत्ता मेला चलिरहेको छ । त्यो ‘मेला हो कि भेला ?’ भृकुटीमण्डप आउने सर्वसाधारण आश्चर्यचकित पर्ने गरेका छन् । भृकुटीमण्डपको प्रवेशद्वारबाट भित्र छिर्नेबित्तिकै ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ को ब्यानर र बोर्डहरु देख्न सकिन्छ । 

त्यहाँ बाह्रैमास त्यो बोर्ड देखिन्छ । त्यही हिँडिरहेका एक जनाले भने,‘यो कस्तो खालको जुत्ता मेला हो,बाह्रैमास,बाह्रैकाल भइराख्ने ! मेला राख्ने पनि कुनै सिस्टम हुन्छ होला ।’ त्यस्तै,अर्कोले भने,‘यस्तो मेलाले त मेलाको वास्तविक अर्थ नै मेटाइदिन्छ । जहिले आउँदा नि बोर्ड यही देख्छु । मेला त विशेष अवसरमा कहिलेकाहीँ पो आयोजना गर्ने हो ।’ 

‘यो कस्तो खालको जुत्ता मेला हो,बाह्रैमास,बाह्रैकाल भइराख्ने ! मेला राख्ने पनि कुनै सिस्टम हुन्छ होला ।’ त्यस्तै,अर्कोले भने,‘यस्तो मेलाले त मेलाको वास्तविक अर्थ नै मेटाइदिन्छ । जहिले आउँदा नि बोर्ड यही देख्छु । मेला त विशेष अवसरमा कहिलेकाहीँ पो आयोजना गर्ने हो ।’

वर्षैभरि मेला सञ्चालन गर्न इजाजत दिने निकायबारे कसैलाई जानकारी नै छैन । भृकुटीमण्डपमा जुत्ता मेला सञ्चालन गर्न महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत समाज कल्याण परिषदबाट अनुमति लिएको बताउँछन्,आयोजक सबिन कार्की । त्यसबापत परिषदलाई दैनिक ३६ हजार रुपैयाँ भाडा बुझाउने उनको भनाइ छ । 

उनका अनुसार ३० हजार रुपैयाँ भाडा र ६ हजार धरौटी परिषद्लाई बुझाउने गरिएको छ । पछिल्लोपटक मेला सञ्चालन गरेको एक महिना हुन लागेको उनको दाबी छ । ‘यो मेला सकिन लाग्यो । जेठको पहिलो सातादेखि शुरु गरेका हौं । मेला सञ्चालन गर्नका लागि हामीले समाज कल्याण परिषद्लाई दिनहुँ ३६ हजार रुपैयाँ तिरेका छौं’, उनले भने । 

बोस् सुज,रन सुज,एक्स्ट्रा सुज, हिमानी सुज,शिखर सुज,भेनस सुजलगायत ११ वटा कम्पनीले संयुक्त रुपमा मेलाको आयोजना गरेको कार्कीले जानकारी दिए । वर्षमा दुईदेखि तीन पटकसम्म मेलाको आयोजना गरिने उनको भनाइ छ । चाडबाड,गर्मी र जाडो लक्षित गरेर मेला सञ्चालन गर्दै आएको उनी बताउँछन् । 

भन्छन्,‘मेलाको आयोजना गर्नुको प्रमुख उद्देश्य नेपाली जुत्तालाई प्रवर्द्धन गर्नु हो । नेपालमा पनि उत्कृष्ट क्वालिटीको जुत्ता बन्छ भनेर देखाउन खोजेका हौं । त्यसैले वर्षमा दुईदेखि तीनपटकसम्म यस्तो मेलाको आयोजना गर्छौं ।’

टिप्पणीहरू