सोमबार सार्वजनिक बिदा

सोमबार सार्वजनिक बिदा

सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा) का अवसरमा बिदा दिइएको हो । गृह मन्त्रालयले आज सूचना जारी गर्दै ०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको जानकारी दिएको छ । 

‘मिति २०८०÷१०÷२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको...,‘ सूचनामा भनिएको छ ।

टिप्पणीहरू