चिनियाँ दूतावासमा सांसदलाई वास्तविकता अवगत

चिनियाँ दूतावासमा सांसदलाई वास्तविकता अवगत

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले नेपालका लागि चिनियाँ राजदूत छेन सोङसँग भेटवार्ता गरेका छन् । उनी काठमाडौं चक्रपथको कलंकी–धोबीखोला खण्ड बिस्तारबारे छलफल गर्न अस्ति बालुवाटारस्थित चिनियाँ दूतावास पुगेका थिए ।

भेटमा पौडेलले सम्झौताबमोजिम धोबिखोलासम्म चक्रपथ बिस्तारका लागि अनुरोध गरेका थिए । प्रत्युत्तरमा राजदूत सोङले नेपाल सरकारले उक्त खण्डमा निर्माण अघिका सबै कार्य पूरा गरेको जानकारी दिएपछि बिस्तार कार्य अघि बढाइने जानकारी दिनुभएको बताइन्छ । उहाँले चक्रपथको दोस्रो खण्ड बिस्तारमा बसुन्धरादेखि धोबीखोलाको भाग नपर्ने उल्लेख गर्नुभएको थियो । 

बसुन्धरादेखि धोबीखोलासम्मको भागमा चक्रपथ बिस्तारका लागि महाराजगञ्ज चोकको चारैतर्फ रहेका भवन हटाउन आवश्यक हुन्छ । नेपाल सरकारले आवश्यक मुआब्जा दिएर भौतिक संरचना नहटाएसम्म चक्रपथ बिस्तारको कार्य कलंकीदेखि बसुन्धरासम्म मात्र सीमित छ । उक्त क्षेत्रको मुआब्जाको लागि अरबौं रुपैयाँ आवश्यक पर्ने बताइएको छ ।
 

टिप्पणीहरू