राष्ट्रपतिलाई बर्लिनमा ‘गार्ड अफ अनर’

राष्ट्रपतिलाई बर्लिनमा ‘गार्ड अफ अनर’

जर्मनीको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई त्यहाँको सरकारले ‘गार्ड अफ अनर’ को सम्मान दिएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार दुई देशका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनुअघि बर्लिनमा उक्त सम्मान दिइएको हो ।  

स्विट्जरल्याण्डको जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर राष्ट्रपति पौडेल शनिबार जर्मनी पुग्नुभएको हो । समकक्षी संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा. फरयाङक वाल्टर स्टाइनमेयरसँग उहाँले भेटवार्ता गर्नुभएको छ ।

टिप्पणीहरू