मदिरा सेवनपछि लठ्ठ हाकिम सँधै कार्यालयको छतमा

मदिरा सेवनपछि लठ्ठ हाकिम सँधै कार्यालयको छतमा

कार्यालयभित्रै मदिराले लठ्ठिएर हो–हल्ला गरेपछि भू–तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका प्रमुख सुरेश दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

आज बिहान कार्यालयमा मादक पदार्थ सेवन गरेर राजनीतिक दलका नेता, जनप्रतिनिधिलगायतको नामै तोकेर उनले अश्लिल गालीगलौज गरेका थिए । स्थानीयबाट त्यसको सूचना पाएपछि प्रहरीले उनलाई कार्यालयबाटै पक्रेको हो ।

दाहालले मदिराको नशामा हो–हल्ला गरिरहेको भिडिओ क्लिप पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा उनले ‘थुक्क’ भन्दै अश्लील शब्दमा गाली गरिरहेको देखिन्छ । रक्सीको नशाले ज्यान थाम्नै नसक्ने अवस्थामा देखिएका उनले आफूलाई ‘एमालेको मान्छे’ भनेको पनि सुनिछ । 

दाहालले दैनिकजसो मदिरा पिएपछि कार्यालयकै छतमा बसेर राजनीतिक दलका स्थानीय नेता र जनप्रतिनिधिमाथि गालीगलौज गर्ने गरेको स्थानीयले बताएका छन् ।

टिप्पणीहरू