सहकारीको दोहोरो सदस्यता त्याग्न कडा निर्देशन

सहकारीको दोहोरो सदस्यता त्याग्न कडा निर्देशन

सहकारी विभागले दोहोरो सदस्यता लिएका सहकारी संस्थाका सदस्यहरुलाई तत्काल सदस्यता त्याग्न कडा निर्देशन दिएको छ । एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाको सदस्यता लिएको भए कुनै एकको मात्र सदस्यता कायम गरी अरुको अन्त्य गर्न आग्रह गरेको छ । 

सहकारी ऐन, २०२४ को दफा ३२ को उपदफा (१) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने र ऐन प्रारम्भ हुनुअघि त्यसरी एकभन्दा बढी संस्थाको सदस्य रहेको भए तीन वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्ने व्यवस्था छ । 

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘सहकारी ऐनको उक्त प्रावधान विपरीत कसैले एकै स्थानीय तहभित्र कार्यसञ्चालन गरिरहेका एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाको सदस्यता लिएको भए आफुले छनौट गरेको कुनै एक मात्र सहकारी संस्थाको सदस्यता कायम गरी अन्य सहकारीको सदस्यता अन्त्य गर्न अनुरोध छ ।’

विभागले सहकारी संस्थाहरुलाई पनि आफ्ना सदस्यलाई अवगत गराए तदनुसार गर्न गराउन निर्देशन दिएको हो । अन्यथ गरिएको पाइएमा कानूनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
 

टिप्पणीहरू