प्रधानमन्त्रीको स्वीकारोक्ति - बजेट निर्माण प्रक्रियामा अपेक्षाकृत रुपान्तरण गर्न सकिएन

प्रधानमन्त्रीको स्वीकारोक्ति - बजेट निर्माण प्रक्रियामा अपेक्षाकृत रुपान्तरण गर्न सकिएन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट आफूले अपेक्षा गरेअनुरुप रुपान्तरण गर्न नसकेको बताउनुभएको छ ।  

आज प्रतिनिधि सभा बैठकमा सांसद तेजुलाल चौधरीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले संसदको काम, कारबाही नियमित रुपमा सुचारु हुन नसक्दा नीति तथा कार्यक्रममाथि अपेक्षाकृत छलफल हुन नसकेको स्वीकार गर्नुभयो । उहाँले पर्याप्त छलफल हुन नसक्दा आफूले अघिल्लो वर्ष नै घोषणा गरेअनुरुप बजेट तर्जुमा प्रक्रियालाई रुपान्तरण गर्न नसकेको बताउनुभयो । 

'संघीय संसदमा नीति तथा कार्यक्रममा पर्याप्त छलफल भएर बजेट निर्माण हुने अपेक्षा गरिएपनि संसदको कार्बाही नियमित रुपमा सुचारु हुन नसक्दा, नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रियामा हामीले अपेक्षा गरेअनुसारको रुपान्तरण गर्न भने सकेनौँ', प्रधानमन्त्रीले भन्नुभयो । 

नीति तथा कार्यक्रममा समेटिएका विषयलाई बजेटमा तालमेल कायम गर्ने प्रयास गरिएको प्रधानमन्त्रीको भनाई छ ।

टिप्पणीहरू