संसदमा प्रधानमन्त्रीको अवमूल्यन भएको गुनासो

संसदमा प्रधानमन्त्रीको अवमूल्यन भएको गुनासो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रधानमन्त्रीले बोल्ने दिन मन्त्री र सांसदहरु अनिवार्य उपस्थित हुने संसदीय परम्परा मिचिएको भन्दै असन्तुष्टी जनाउनुभएको छ । 

आज प्रतिनिधि सभामा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर' कार्यक्रममा प्रमुख दलका नेता, मन्त्री र सांसद्‌हरू उपस्थित नभएको भन्दै उहाँ असन्तुष्ट हुनुभएको हो । यसले प्रधानमन्त्रीको अवमूल्यन भएको उहाँको गुनासो छ ।

‘हाम्रो सदनको एउटा परम्परा, प्रचलन गरिमा जे भए पनि प्रधानमन्त्रीले बोल्ने दिनमा सत्तापक्ष र प्रतिपक्ष पनि सबै माननीय र मन्त्रीहरू पनि इमरजेन्सीबाहेक उपस्थित हुने नेपालको इतिहासमा स्थापित थियो', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'तर, क्रमशः त्यो पातलिन थालेको छ । अमुक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला । यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफू आफैंलाई अवमूल्यन गरेको ठहरिन्छ ।’

टिप्पणीहरू