सहकारी सञ्चालकसँग सम्पत्ति विवरण माग

सहकारी सञ्चालकसँग सम्पत्ति विवरण माग

सुनसरीको इटहरी उपमहानगरपालिकाले सहकारी सञ्चालकहरुलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ । 

नगर क्षेत्रमा सञ्चालित सम्पूर्ण सहकारी संस्थाका सञ्चालकलाई असार २१ गतेभित्र सम्पत्ति विवरण बुझाउन उपमहानगरले निर्देशन दिएको हो । यसअघि पनि सहकारीका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापक समितिमा रहेकालाई आफ्नो सम्पत्ति विवरण पेश गर्न सूचना जारी गरेको थियो । तर, केही सहकारी संस्थाबाट मात्र विवरण प्राप्त भएको उपमहानगरले जनाएको छ । 

जारी सूचनामा भनिएको छ, ‘केही सहकारी संस्थाबाट मात्र नियमानुसार सम्पत्ति विवरण प्राप्त भएको हुँदा पुनः सूचना प्रकाशित गरिएको छ । तसर्थ, यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उल्लेखित सहकारी सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापक समितिमा रहेका व्यक्तिहरुलाई सम्पत्ति विवरण पेश गर्न हुन जानकारी गराइन्छ ।’

तोकिएको समयभित्र विवरण पेश नगरिएमा सहकारी ऐन-नियम अनुसार आवश्यक कारबाही थालिने उपमहानगरको चेतावनी छ । त्यस्तै, सम्पत्ति विवरण फाराम उपमहानगरको वेबसाइट वा सहकारी शाखामा सम्पर्क गरी प्राप्त गर्न सकिने जानकारी दिइएको छ ।
 

टिप्पणीहरू