देवरको कोदालो प्रहारबाट भाउजूको प्राणान्त

देवरको कोदालो प्रहारबाट भाउजूको प्राणान्त

महोत्तरीमा कोदालो प्रहारबाट एक जना महिलाको ज्यान गएको छ । औरही नगरपालिका–४ का ४५ वर्षीय रामरतन यादवले ५० वर्षीया रितादेवी यादवमाथि कोदालो प्रहार गरेका हुन् । 

उनीहरू नाताले देवर–भाउजू भएको बताइएको छ । घर बनाउने विषयमा विवाद हुँदा रामरतनले रितादेवीलाई कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका महोत्तरीका डिएसपी सन्तुलालप्रसाद जयसवारले जानकारी दिए । उनका अनुसार कोदालो प्रहारबाट गम्भीर घाइते भएकी रितादेवीलाई उपचारार्थ जानकी अस्पताल लगिएको थियो । तर, त्यहाँ चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका हुन् । 

कोदालो प्रहार गर्ने रामरतनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू