प्रधानमन्त्रीकी नातिनीको नयाँ गीत बजारमा

प्रधानमन्त्रीकी नातिनीको नयाँ गीत बजारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ । ‘ज्यानमाया’ बोलको गीत आज आरटी इन्टरटेन्मेन्टको यूटुब च्यानलबाट सार्वजनिक गरिएको छ । 

गीतमा नवराज ढुंगानाको शब्द छ भने दिपक शर्माले संगीत भरेका छन् । श्यामश्वेत रसाइलीले एरेञ्ज गरेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली र सरोज वली फिचर्ड छन् । भिडियोको लागि भव्य सेट निर्माण गरेर छायाङ्कन गरिएको कलाकार वलीले जानकारी दिए । उनका अनुसार भिडियोमा नयाँ शैली प्रयोग गरिएको छ । गम्भीर विष्टले निर्देशन गरेको भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् । 

स्मिता पछिल्लो समय संगीतमा निकै सक्रिय देखिन्छिन् । यसअघि उनले  ‘मायालु तिमी कता छौ’, ‘मालिङ्गो’, ‘आँखामा गाजल’, ‘लुकाउने ठाँवै छैन’ लगायतका गीत बजारमा ल्याइसकेकी छन् ।

टिप्पणीहरू