हेमन्तको ‘सँगै जुनी काटम्ला’ गीत सार्वजनिक

हेमन्तको ‘सँगै जुनी काटम्ला’ गीत सार्वजनिक
सुन्नुहोस्

चर्चित गायक एवम् संगीतकार हेमन्त शिशिरको ‘सँगै जुनी काटम्ला’ बोलको गीत सार्वजनिक भएको छ।

हेमन्त शिशिर र पूजा देवकोटाको स्वर रहेको गीतमा हेमन्त आफैँले संगीत, एरेञ्ज तथा ध्वनी सम्पादन गरेका हुन् ।

मायाप्रेमको भाव प्रस्तुत भिडियोमा हेमन्त र स्मारिका ढकालको अभिनय रहेको छ । प्रवीन थापाको निर्देशन, सरोज शाहीको छायाङ्कन, अमृत चापागाईंको सम्पादन रहेको उक्त भिडियोमा कोरियोग्राफी प्रवीनले नै गरेका हुन् ।

पछिल्लो समय हेमन्त गीत संगीतमा निकै सक्रिय देखिन्छन् ।

टिप्पणीहरू