रास्वपा महामन्त्रीसङ्ग सोधियो स्पस्टिकरण

रास्वपा महामन्त्रीसङ्ग सोधियो स्पस्टिकरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकालसङ्ग स्पष्टीकरण साेधेकाे छ।

‘समीक्षा यात्रा’ प्रतिवेदनका सन्दर्भमा दिएकाे सार्वजनिक अभिव्यक्तिलाई लिएर अनुशासन आयाेगले हिजो शुक्रबार ढकाललाई पत्र काटेको हाे।

महमन्त्री ढकालले आफूलाई पत्रमार्फत स्पष्टीकरण साेधिएकाे बताएका छन्। यद्यपि,पत्रमा के-के कुरा उल्लेख छ भन्नेबारे खुलाएनन्।

ढकालले देशभर एक महिना डुलेर तयार पारेकाे विश्लेषण प्रतिवेदन सभापति रवि लामिछानेलाई अस्ति बुझाएका थिए ।

रास्वपाकाे जनमत खस्किँदै गएको, रास्वपा यही अवस्थामा अघि बढे आगामी निर्वाचनमा १-२ सिट पनि जित्न मुस्किल हुने,काठमाडाैँ महानगरपालिका मेयर बालेन्द्र साहसँग सहकार्य गर्नु उचित हुनेलगायतका सुझाव प्रतिवेदनमा उल्लेख गरेकाे महामन्त्री ढकालले सञ्चार माध्यमहरुलाई बताउँदै आएका छन्।

रास्वपाले महामन्त्री ढकालबाट प्राप्त प्रतिवेदन भने अहिलेसम्म औपचारिक रुपमा सार्वजनिक गरेकाे छैन।
 

टिप्पणीहरू