मर्निङ वाकमा हिँड्नेहरू लुटिए, केहीकाे मेडिसिटीमा उपचार

मर्निङ वाकमा हिँड्नेहरू लुटिए, केहीकाे मेडिसिटीमा उपचार

कीर्तिपुर नजिकैको चाल्नाखेल जंगल छेउमा लुटपाट भएको छ । बिहान मर्निङ वाकमा हिँडेकामाथि चार जनाको समूहले झण्डै एक दर्जनलाई कुटपिटपछि लुटपाट गरेको बताइएको छ ।

ललितपुरको भैंसेपाटी मगरगाउँको स्थानीय बासिन्दालाई लुटेरा समूहले समाउँदै हातखुट्टा बाँधेर उनीहरुसँग भएको पैसा, मोबाइल, सुनको सिक्री र औंठी लुटिएको हो । सो क्रममा चर्को स्वरमा कराउनेमाथि निकै कुटपिट गरिएको पीडितहरुले बताएका छन् । 

हरिकुमार थापा, सलिन श्रेष्ठ, लालबहादुर खड्का र अमृत खड्का घाइते भएको प्रहरीले जनाएको छ । तीमध्ये सलिन, लालबहादुर भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालको इमर्जेन्सीमा उपचारपछि घर फर्केका छन् । हरिकुमार थापाको देब्रे हात भाँचिएकाले बेड नम्बर ७२१ मा भर्ना गरिएको हो ।

टिप्पणीहरू