जन्ती बाेकेकाे बस पल्टियो, एक दर्जन घाइते

जन्ती बाेकेकाे बस पल्टियो, एक दर्जन घाइते

धनुषामा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा अधिकांश ज्येष्ठ नागरिक छन् । 

प्रहरीका अनुसार गएराति सर्लाहीबाट बेहुली लिन हिँडेको ना ५ ख ४४९२ नम्बरको बस धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहामा दुर्घटना भएको हो । घाइतेमध्ये अधिकांशको टाउको, खुट्टा र हातमा चोट लागेको छ । 

घाइतेहरुको धनुषाकै रिया पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए । बस चालकले सडक छेउमा हिंडिरहेका एक पैदलयात्रुलाई जोगाउन खोज्दा दुर्घटना भएको उनको भनाई छ। 

‘रातिको समयमा बाटो राम्रोसँग नदेखिएको र सडकमा हिँडिरहेका एक जना मान्छेलाई बचाउन खोज्दा चालकले बस नियन्त्रण लिन नसकेको अनुसन्धानबाट पत्ता लागेको छ’, डिएसपीले भने । 

दुर्घटनापछि चालक फरार छन् । उनले मदिरा सेवन गरेर बस चलाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

टिप्पणीहरू