इञ्जिनियर र सब इञ्जिनियरहरु सेवाग्राहीसँग घुस उठाउन व्यस्त

इञ्जिनियर र सब इञ्जिनियरहरु सेवाग्राहीसँग घुस उठाउन व्यस्त

पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका इञ्जिनियर राजिव बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित सब–इञ्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्यालविरुद्ध पनि मुद्दा दायर गरेको छ । 

आयोगको टंगालबाट खटिएको टोलीले गत जेठ १८ गते सब–इञ्जिनियरद्वय भट्टराई र अर्याललाई १७ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको क्रममा इञ्जिनियर बस्नेतसमेतको मिलेमतोमा निर्माण कार्य सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको पाइएको अख्तियारले जनाएको छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम १७ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना सजाय हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

टिप्पणीहरू