बीपी अस्पतालका एकाउन्टेन घुससहित पक्राउ
चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुससहित समातिएकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडाबाट खटिएको टोलीले उनलाई हिजो साँझ नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार औषधी आपूर्तिको बिल भुक्तानीका लागि कोइरालाले सेवाग्राहीसँग ६ लाख घुस खाएकी थिइन् ।
डेढ लाख नगद र साढे चार लाखको चेकसहित उनलाई भरतपुर महानगरपालिका–४, कटहर चोकबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
टिप्पणीहरू