श्रीमान मृत फेला,श्रीमती र अर्कै युवक पक्राउ

श्रीमान मृत फेला,श्रीमती र अर्कै युवक पक्राउ

काठमाडौंको कालोपुलमा एक युवक मृत भेटिएका छन् । कालोपुलमा एक महिनादेखि डेरामा बस्दै आएका ओखलढुंगाको लिखु गाउँपालिका–९, घर भएका २० वर्षीय प्रेम महत दर्जी आज बिहान मृत अवस्थामा फेला परेका हुन् । 

उनी विवाहित रहेको खुल्न आएको छ । दर्जीको हत्या भएको प्रहरी आशंका छ । घटनामा संलग्न रहेको आशंकामा श्रीमती २४ वर्षीया उषा सार्कीसहित अर्का युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९, माधवपुर घर भएका २७ वर्षीय मदन रम्तेललाई नियन्त्रणमा लिइएको हो । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
 

टिप्पणीहरू