भारतीय विदेश सचिव : शीतल निवासपछि सिंहदरबारमा (फोटो फिचर)

भारतीय विदेश सचिव : शीतल निवासपछि सिंहदरबारमा (फोटो फिचर)
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँहरुबीच आज दिउँसो भेटवार्ता भएको हो । 

सो अवसरमा नेपाल र भारतबीच रहिआएको ङिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ । भारतीय विदेश सचिव मिश्री दुई दिने नेपाल भ्रमणका लागि नयाँ दिल्लीबाट बिहान १० बजे काठमाडौं आउनुभएको थियो । 

उहाँले आजै प्रधानमन्त्ती केपी शर्मा ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता गर्नुभएको छ । भेटमा द्विपक्षीय सहयोग र विविध विषयमा छलफल भएको जानकारी दिइएको छ ।

टिप्पणीहरू