घाँटी रेटेर विभत्स हत्या, छिनालिएको टाउको बालुवामा

घाँटी रेटेर विभत्स हत्या, छिनालिएको टाउको बालुवामा
सुन्नुहोस्

सुनसरीमा एक जनाको विभत्स हत्या भएको छ । गढी गाउँपालिका-६ घर भएका ४६ बर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

सोही गाउँपालिका-२ स्थित थाहाटोलमा सिमेन्ट,बालुवाको काम गर्ने उनको आज बिहान शरीर छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविन भण्डारीले जानकारी दिए । उनकाअनुसार ज्ञानचनसँगै काम गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ । 

‘हामीले बिहान ६ बजे टाउको र शरीर छुट्टाछुट्टै बालुवामा फेला पायौँ’, डिएसपी भण्डारीले भने, ‘उनीसँगै बस्ने तीन जनालाई नियन्त्रणमा लिएका छौ ।’

पक्राउ परेका तीनैजनाले घटनाबारे केही थाहा नभएको बताएका छन् । यद्यपि, थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू