युक्रेनी राजधानी किएभ र खार्किभमा भीषण आक्रमण

युक्रेनी राजधानी किएभ र खार्किभमा भीषण आक्रमण

रुसले युक्रेनी राजधानी किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको छ । बिहान सबेरै किएभमा शृङ्खलाबद्ध विस्फोट भएको  युक्रेनी वायुसेनाले जनाएको छ । 

त्यहाँ आपत्कालीन सेवा परिचालन गरिएको छ । किएभको शेभचेनकिभ्स्की जिल्लामा एकजना घाइते भएका छन् । रुसले किएभलक्षित ब्यालेस्टिक मिसाइल र केही ड्रोन र क्रुज मिसाइल प्रहार गरेको हो । 

युक्रेनी वायु सेनाले रुसका १० भन्दाबढी क्रुज मिसाइल, १० ब्यालेस्टिक मिसाइल र एउटा ड्रोनलाई नष्ट गरेको दाबी छ । उता खार्किभ शहरमा भएको आक्रमणमा आवासीय भवनहरुमा आगो लागेको छ ।

टिप्पणीहरू