अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको अर्को हत्या प्रयास

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको अर्को हत्या प्रयास

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनः हत्या प्रयास गरिएको छ । फ्लोरिडा गोल्फ कोर्समा उनीमाथि भएको हत्या प्रयासको आक्रमणकारीलाई नियन्त्रणमा लिइएको छ । 

अमेरिकी अधिकारीहरूका अनुसार उनीमाथि गोल्फ कोर्समा नजिकैको झाडीबाट गोली प्रहार भएको हो । ट्रम्प झाडीबाट करिब तीन सय मीटर टाढा हुँदा गोली हानिएको बताइन्छ ।

गोली प्रहारपछि आक्रमणकारी कालो गाडीमा भाग्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा उनी रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार छन् । 

दुई महिनाअघि पेन्सिल्भेनियाको एक र्यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि एक जना बन्दुकधारीले गोली हानेका थिए । त्यतिबेला गोली उनको कानलाई छुँदै गएको थियो ।

टिप्पणीहरू