राप्रपा महामन्त्रीलाई गिजाको क्यान्सर,पर्सि मुम्बईमा अपरेशन

राप्रपा महामन्त्रीलाई गिजाको क्यान्सर,पर्सि मुम्बईमा अपरेशन

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. धवलसमशेर राणालाई उपचार र परीक्षणको क्रममा गिजाको क्यान्सर पुष्टि भएको छ । राणा उपचार क्रममा हाल भारतको मुम्बईमा छन् ।

राप्रपा सहमहामन्त्री ऋषिराज देवकोटाका अनुसार पहिलो चरणको क्यान्सर देखिएको हो । राणाले पर्सि अपरेशन हुन लागेको जानकारी दिएका छन् । उनी सामाजिक सञ्जालमा लेख्छन्न, ‘म चाँडै राम्रो भएर देश र तपाईंहरुको सेवामा फर्किने जानकारी गराउँछु ।’

राणा २०७९ को आमनिर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाको तर्फबाट निर्वाचित भएका थिए ।
 

टिप्पणीहरू