फुटबल चल्दाचल्दै अमर्यादित नाराबाजी

भिडियोमा 'सुनिएकाे आवाज/ देखिएको दृश्य' बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालाभित्र गुञ्जिएकाे विरोधकाे ध्वनि हाे। 

रंगशालामा महिला साफ फुटबलको फाइनल भिडन्त भइरहेको थियाे नेपाल र बङ्गलादेशबीच । त्यहाँ पुगेका थिए प्रधानमन्त्री केपी शर्मा ओली,उपप्रधानमन्त्री प्रकाशमान सिंह,गृहमन्त्री रमेश लेखक, खेलकुदमन्त्री तेजुलाल चाैधरी, रक्षामन्त्री मानवीर राई र काठमाडौं महानगरका मेयर बालेन साह ।

जब खेल राेकियाे,तब एक जना युवकले " देश छाेड" भन्दै नारा लगाए । अनि माथितिर बसेका केही युवती र फुटबल हेर्न गएको भीडले प्रधानमन्त्रीकाे खेदाे खन्न थाल्याे । 

आफूलाई रवि लामिछाने र बालेन समर्थक बताउने ती युवाले प्रधानमन्त्रीकाे विरोध गर्दै अमर्यादित हर्कत देखाउन छाडेनन् ।

टिप्पणीहरू