रवि लामिछानेसँग आज लिखित बयान
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनबारे अनुसन्धानका लागि पोखराबाट भैरहवा पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग लिखित बयान लिन शुरु गरिएको छ ।
हिजो बिहान जहाजबाट भैरहवा लगिएका उनीसँग दिउँसो सोधपुछ गरिएकोमा आज लिखित बयान लिन लागिएको हो । बयानका लागि अहिले लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उपस्थित गराइएको छ ।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको लामिछानेमाथि आरोप छ । उनीविरुद्ध ठगी मुद्दा चलाउनेगरी प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
तर, लामिछानेले भने निरन्तर इन्कारी बयान दिरहेका छन् ।
टिप्पणीहरू