सरकारी रेडियो,टिभी जोडेर को बन्लान् अध्यक्ष ?
रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै छातामुनि सञ्चालन गर्न गठित सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) प्रमुखको निम्ति झण्डै एक दर्जनको नाम सर्ट लिस्टिङ्गमा परेको छ । भदौ ३१ गते त्यससम्बन्धी विधेयक संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणिकरण भएको ३१ औं दिन कटेसङ्गै सरकारले कार्यकारी प्रमुखको निम्ति आह्वान गरेको थियो ।
उक्त संस्थाको अध्यक्षका निम्ति ११ जनाले आवेदन गरेको बताइन्छ । प्राप्त विवरणअनुसार १२ लाख सरकारी बेरुजु र इन्भेस्टमेन्ट,ग्लोबलसहित विभिन्न बैँकको गरी झण्डै ८० लाख रकम ठगीमा सँलग्न झापाकै दिपक पाठक, चिन्तामणि बराल,केदारनाथ कोइराला, सुबोध गौतम,शालिग्राम सुवेदी, रमेशकुमार खड्का,डा. महेन्द्र बिष्ट इच्छुक देखिन्छन् । त्यसैगरी बसन्तकुमार रुपाखेती,लक्ष्मण हुमागाईं, भुवनराज भट्ट र अच्युतमकुमार पोखरेलले पनि अध्यक्षमा निवेदन हालेका छन् ।
सूचना आयोगमा काङ्ग्रेसबाट डा.सुरेश आचार्यको ब्यवस्थापन भएसङ्गै पिएसबीमा पत्रकार महासंघ र नेपाल टेलिभिजनका पूर्व अध्यक्ष डा.महेन्द्र बिष्ट अनि पत्रकार महासंघमा निर्मला शर्माले एमालेबाट जिम्मेवारी पाउने प्रवल सम्भावना रहेको जानकारहरु बताउँछन् ।
सरोकारवालाहरूले सरकारको प्रत्यक्ष नियन्त्रणभन्दा बाहिर रेडियो र टेलिभिजन सञ्चालन गर्न सार्वजनिक सेवा प्रसारणको अवधारणामा जानुपर्ने आवाज उठाउँदै आएपछि नयाँ व्यवस्था गर्न लागिएको हो । नयाँ कानुनले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरेको छ तर सरकारी नियन्त्रणभन्दा बाहिर राखिएको पाइन्न ।

टिप्पणीहरू