उपनिर्वाचनको मतदान शुरु

उपनिर्वाचनको मतदान शुरु
सुन्नुहोस्

स्थानीय तह उपनिर्वाचनका लागि मतदान सुरू भएको छ । बिहान ७ बजेबाट मतदान सुरू भएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहका रिक्त ४१ पदका लागि अपरान्ह ५ बजेसम्म मतदान हुँदै छ । जसमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन गरिएको हो ।

उपनिर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
 

टिप्पणीहरू