जर्नेलहरुको फेरियो जिम्मेवारी
नेपाली सेनाले आफ्ना केही जर्नेलको सरुवा गरेको छ । आइतबारदेखि चार जना उपरथीलाई रक्षा मन्त्रालयको पत्रानुसार तोकिएको कार्यालयको जिम्मेवारी सम्हाल्न भनिएको छ ।
सरुवामा पश्चिम पृतना हेडक्वार्टरका उपरथी सन्तोषबल्लभ पौडेललाई नेपाली सैनिक वार कलेज,नगरकोटको शिक्षाधिकृत तोकिएको छ । त्यस्तै मध्य पश्चिम पृतना हेडक्वार्टरका उपरथी सुनिल श्रेष्ठलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरेर सहसंयोजकको जिम्मेवारी दिइएको छ ।
सोही सचिवालयका उपरथी मधुकरसिंह कार्कीलाई पश्चिम पृतना हेडक्वार्टर,पोखराको पृतनापति र सैनिक वार कलेजका उपरथी हरेन्द्र पाठकलाई मध्य पृतना हेडक्वार्टर,हेटौंडा मा पृतनापति खटाइएको छ ।
टिप्पणीहरू