पाथीभरामा दर्शनार्थीको संख्या वार्षिक दुई लाखभन्दा बढी

पाथीभरामा दर्शनार्थीको संख्या वार्षिक दुई लाखभन्दा बढी
सुन्नुहोस्

कमल भट्टराई

ताप्लेजुङमा अवस्थित मुलुककै महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलहरुमध्येको एक पाथीभरामा दर्शनार्थीको संख्या बढेको छ । पछिल्लो सात वर्षमा १३ लाख बढी त्यहाँ पुगेका छन् । 

पाथीभरा क्षेत्र विकास समितिका अनुसार पछिल्ला सात वर्षमा १३ लाख तीन हजार ४९२ जना भक्तजन तथा दर्शनार्थीले पाथीभराको दर्शन तथा पूजापाठ गरेका हुन् । आर्थिक वर्ष २०७४–०७५ देखिको तथ्याङ्क सार्वजनिक गर्दै समितिले भक्तजनको संख्या क्रमशः बढेको जनाएको छ । 

तर आर्थिक वर्ष २०७५–०७६ मा सबैभन्दा कम एक लाख एक हजार ६०५ जना मात्रै त्यहाँ पुगेको देखिन्छ । सबैभन्दा बढी २०७९–०८० मा दुई लाख ८३ हजार ९४५ जना दर्शनार्थीले पाथीभरामा पूजापाठ गरेका थिए । पछिल्लो चार वर्षको तथ्याङ्को आधारमा पाथीभरा पुग्ने दर्शनार्थीहरु औसत वार्षिक दुई लाखभन्दा बढी पाइएको छ ।

टिप्पणीहरू