मन्त्रीलाई साक्षी राखेर सिमेन्टको भाउ घटाउने सहमति

मन्त्रीलाई साक्षी राखेर सिमेन्टको भाउ घटाउने सहमति

निर्माण व्यवसायलाई लक्षित गर्दै सिमेन्टको मूल्य घटाइने भएको छ । 

निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच आज उद्योग मन्त्रालयमा भएको छलफलमा भाउ घटाउने सहमति भएको हो । महासंघका अध्यक्ष रवि सिंहले काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट ७ सयमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरुले प्रतिवद्धता गरेको जानकारी दिए । 

उनका अनुसार पिपिसी सिमेन्ट प्रतिबोरा ६ सयमा दिने सहमति भएको छ । सिमेन्ट उद्योग धराशायी हुनेगरी भाउ नघटाउन र निर्माण व्यवसायीलाई पनि मार पर्नेगरी नबढाउन दुई पक्षबीच समझदारी भएअनुसार नयाँ भाउ कायम गरिएको हो । 

‘आजको बैठकमा जुन सिमेन्ट उत्पादकहरुले अत्याधिक मूल्य वृद्धि गर्नुभएको छ, त्यस विषयमा छलफल भएको छ । काठमाडौंमा ७ सय रुपैयाँमा ओपिसी सिमेन्ट उपलब्ध गराउने भनेर उहाँहरुले प्रतिवद्धता जनाउनुभएको छ', मन्त्रीको रोहबरमा भएको छलफलको निष्कर्ष सिंहले सुनाए । 

सिमेन्ट उत्पादक संघले नयाँ मूल्यसूचि छिट्टै कार्यान्वयन गर्ने सिंहले विश्वास व्यक्त गरे ।

टिप्पणीहरू