उमेश साह भन्छन्-म कहाँ भारतीय हुनु !
चितवनको माडी–६ निवासी उमेश साह रौनियारले आफू भारतीय नागरिक नभएको बताएका छन् । माडीमा बिहे गरी राखिएकी श्रीमती पनि अर्काकी पत्नी भगाएको नभई अविवाहितालाई नै आफूले बिहे गरेको उनको जिकिर छ । घरमा श्रीमती हुँदाहुँदै भरतपुरमा अरुसँग लाग्दा प्रहरी कारबाही चलेको र जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारअन्तर्गत हिरासतमा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढ्दै गर्दा धरौटीमा छुटेको तथ्य एकातिर छ भने समाचारमा भनिएझैं महिला फेर्दै हिँड्ने मान्छे आफू नभएको उनको दावी छ ।
जनआस्था डटकममा गत माघ २८ गते प्रकाशित ‘बाहिरी सम्बन्ध र लिभिङ टुगेदरले निम्त्याएका आपत्’ शीर्षकको समाचारमा रौनियारबारेको प्रसंग पनि छ । त्यसमा ‘भारतकी जेठी श्रीमतिपट्टि दुई छोरा छन् । माडीमा अर्काकी श्रीमतीसङ्ग बसेको पनि १४ वर्ष भइसकेको र उनीपट्टिबाट एक छोरा रहेको बुझिन्छ । भरतपुरमा यस्तै अर्को मुद्दा चलेको’ भन्ने कुरा समेत उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयको महिला सेलमा सोधपुछ गर्दा प्रारम्भिक अनुसन्धानबाट समेत त्यस्तै बुझिएको भनिएपछि ‘बताइएअनुसार’ भनेरै उक्त कुरा राखिएको हो । तर भारतमा आफ्नो जेठी श्रीमती र सन्तान नभएकोसमेत उनले दावी गरेका छन् ।
टिप्पणीहरू