दुग्ध क्षेत्रको लागि चितवनमा भित्रियो नयाँ परियोजना

दुग्ध क्षेत्रको लागि चितवनमा भित्रियो नयाँ परियोजना

दूधको बजारीकरण, उत्पादन वृद्धि र गुणस्तर विकासका लागि चितवनमा नयाँ आयाम थपिँदैछ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको विशेष पहलमा ठूलै प्रोजेक्ट जिल्लामा भित्रिएको छ । 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र हेफर इन्टरनेशनल नेपालबीच गत फागुन २४ गते ‘द मिल्की–वेः ट्रान्सफर्मिङ डेरी सेक्टर अफ नेपाल’ कार्यक्रमका लागि सम्झौता सम्पन्न भएको हो । संघको तर्फबाट अध्यक्ष किशोर बगाले र हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालको तर्फबाट निर्देशक डा. तीर्थराज रेग्मीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् भने केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भगिरथ तिमिल्सेना यसको साक्षी बसेका छन् । 

परियोजनाअन्तर्गत फार्म तथा पशुआहार व्यवस्थापन, सहकारीका सदस्यहरुको क्षमता अभिवृद्धि एवम् दक्ष प्राविधिक व्यवस्थापनदेखि लिएर नश्ल सुधारमा समेत काम गरिने जनाइएको छ । दूध उत्पादनको लागत घटाएर गुणस्तरीय रुपमा उत्पादकत्व बढाउँदै बजार व्यवस्थापनमा समेत टेवा पुग्ने हुँदा चितवनका किसानको समग्र आर्थिक विकासका लागि यो कार्यक्रम कोसेढुंगा साबित हुने विश्वास संघले व्यक्त गरेको छ । 

संघका अध्यक्ष किशोर बगालेले यस परियोजनामार्फत् दूध उत्पादनको लागत घटाउने, पशु चौपायाको स्वास्थ्यमा आइपर्ने समस्या समाधानको लागि सहयोग गर्ने, यन्त्र उपकरणको प्रयोग बढाउने, स्वच्छ तथा गुणस्तरीय दूध उत्पादन र संकलन गर्दै बजार व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्य रहेको बताए । उनले भने, ‘यसबाट किसानहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।’ 

टिप्पणीहरू