आन्दोलनरत शिक्षकहरु झन् उग्र, भोलिदेखि शैक्षिक हड्ताल

आन्दोलनरत शिक्षकहरु झन् उग्र, भोलिदेखि शैक्षिक हड्ताल

विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरुले आम शैक्षिक हड्तालको घोषणा गरेका छन् । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले शैक्षिक हड्तालको घोषणा गरिएको जनाएको छ ।

महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिमा  आन्दोलनलाई अझ सशक्त बनाउन भोलिदेखि शैक्षिक हड्ताल हुने जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनलाई अझ सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक कर्मचारी साथीहरुलाई आग्रह गर्दछौं ।’

भोलिदेखि उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा शिक्षकहरु संलग्न नहुने चेतावनी दिइएको छ ।

टिप्पणीहरू