गुरुहरुले सडक कब्जा गर्न खोजेपछि कोलाहल

गुरुहरुले सडक कब्जा गर्न खोजेपछि कोलाहल

शिक्षक आन्दोलनको नवौँ दिन आज लफडा भएको छ । आन्दोलनरत शिक्षकहरुले बिजुलीबजार-नयाँ बानेश्वर सडकखण्डको तीनवटै लेन कब्जा गर्न खोजेपछि प्रहरीसँग धक्कामुक्की भएको हो । 

यसअघि प्रहरीले दायाँबायाँका दुई लेनलाई सवारी साधनको लागि खुल्ला गरेर बिचको लेन बन्द गरेको थियो, जहाँ शिक्षकहरुले प्रदर्शन गर्दै आएका थिए । तर, आज भने प्रदर्शनकारीले पूरै सडक कब्जा गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको र त्यसक्रममा धकेलाधकेल भएको बताइएको छ । 

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित चैत २० गतेदेखि सडक आन्दोलन गरिरहेका शिक्षकहरुले सरकार गैरजिम्मेवार बनेको बताउँदै आएका छन् । अहिलेसम्म देशभरका सामुदायिक विद्यालयबाट आलोपालो गरी झण्डै दुई लाख शिक्षक आन्दोलनमा सहभागी भएको बताइएको छ । 

सरकारले पटक-पटक वार्तामा बोलाउँदा पनि नगएका शिक्षकहरुले माग सम्बोधन हुने अवस्थामा मात्र सिंहदरबार छिर्ने खबर पठाएका छन् । त्यसमा सरकार तयार भए आज साँझसम्म वार्ता हुनसक्ने बताइएको छ ।

तस्बिरहरु

टिप्पणीहरू